डेंगीका संक्रमित हुनेको संख्या बढेको बढ्यै, २ हजार ७२८ जना संक्रमित थपिए

Thankot Times

थानकोट । 

देशभर थप २ हजार ७२८ जनामा डेंगु रोगको सङ्क्रमण पुष्टि भएको छ ।

कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेंगु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या बढेर ४६ हजार ४१३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

गत श्रावण महिनादेखि फैलिएको डेंगु रोगको प्रकोप देशका ७७ जिल्लामा फैलिसकेको छ । हालसम्म डेंगु रोगका कारण ५२ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ