बालबालिकालाई मोटरसाइकलमा असुरक्षित तरिकाले नचढाउन ट्राफिक प्रहरीको अनुरोध
थानकोट ।
ट्राफिक प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनमा साना बालबालिकालाई असुरक्षित तरिकाले नचढाउन अनुरोध गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाइक, स्कुटर लगायत दुई पाङ्ग्रे सवारीसाधनमा बालबालिकालाई असुरक्षित तरिकाले नचढाउन अनुरोध गरेको हो।
दुई पाङ्ग्रे सवारीसाधनहरू तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरू दुर्घटनाको सिकार हुने गरेको भन्दै कार्यालयले अनुरोध गरेको हो।
यस्ता घटनाहरू बढ्दो क्रममा रहेकाले दुर्घटना न्युनिकरण गर्न अनुरोध गरिएको कार्यालयका सहायक प्रवक्ता एसपी अवदेश विष्ट क्षेत्रीले बताए।












