बागबजारमा घरको पाँचौं तलाको झ्यालबाट खस्दा घाइते भएकी २ वर्षीया बालिकाको ज्यान गयो

Thankot Times

थानकोट । 

बागबजारमा एक घरको झ्यालबाट खसेर दुई वर्षकी बालिकाको मृत्यु भएको छ।

आइतबार बेलुकी करिब ९ बजे बागबजारको एक घरबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर रियासा महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ।

झ्यालबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। उपचारका क्रममा उनको गए राति मृत्यु भएको हो। उनको गए राति १२:४० मा मृत्यु भएको एसपी मैनालीले बताए।

घटनाको अनुसन्धान प्रहरी वृत्त कमलपोखरीले गरिरहेको पनि उनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *