शनिबार देशका विभिन्न प्रदेशमा वर्षाको सम्भावना

Thankot Times

थानकोट । 

शनिबार दिउँसो देशका विभिन्न प्रदेशमा वर्षा हुने सम्भावना रहेको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका बाँकी पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

रातको समयमा पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *