थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Thankot Times

थानकोट । 

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ४ सय ४९ पिसिआर परीक्षणका क्रममा १० जना र ८ सय २७ एन्टीजेन परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन् । 

हाल नेपालमा ५ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ