प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गरः अनलाइन पत्रकार संघ

Thankot Times

थानकोट ।

अनलाइन पत्रकार संघले निर्वाचन आयोगले शनिबार सेतोपाटी डटकमलाई २४ घण्टाभित्र समाचार हटाउन दिएको निर्देशन प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ । संघले आयोगलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरेको छ।

आयोगले शनिबार सेतोपाटी डटकमलाई २४ घण्टाभित्र समाचार हटाउन दिएको निर्देशनपछि संघले विज्ञप्ति निकाले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गरेको हो।

आयोगले निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का लागि एमालेबाट उम्मेदवार रहेका अग्नि खरेलका परिवारको सदस्यको प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन शनिबार सेतोपाटी डटकमलाई निर्देशन दिएको थियो।

अध्यक्ष डिल्लीप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समाचारका विषयमा चित्त नबुझेमा राज्यद्वारा तोकिएका निकाय मार्फत कार्य प्रक्रिया अघि बढाउने कानूनी अभ्यास हुँदा–हुँदै आयोग आफैँले सञ्चारमाध्यमलाई स्पष्टिकरण सोध्ने र स्पष्टिकरणको जवाफ समेत दिने मौका नदिई समाचार हटाउन निर्देशन दिनु आयोगको बदनियत देखिन्छ।’

सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारका विषयमा चित्त नबुझे राज्यद्वारा तोकिएका निकायमार्फत राय, सल्लाह लिनसमेत संघले आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *