सीता दाहालको स्वास्थ्य अवस्था जटिल, भेन्टिलेटरमा राखेर उपचार हुँदै

Thankot Times

थानकोट । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन: जटिल बनेको छ । केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ ।  सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् । 

प्रतिनिधि तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ