काठमाण्डाै तीन लाख ५८ हजारसहित जुवातास खेल्नेहरू समातिए
थानकोट ।
प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेकाहरूलाई नियन्त्रणमा लिएको छ।
तीन लाख ५८ हजार ८ सय ५५ रूपैयाँसहित जुवातास खेलिरहेकाहरू पक्राउ परेका हुन्।
एसपी दिनेश मैनालीका अनुसार आइतबार बेलुकी करिब ८ बजे काठमाडौं महानगरपालिका ७ गंगाहिटि मिरमिरे टोलस्थित एक घरबाट उनीहरूलाई नगदसहित पक्राउ गरिएको हो।
उनीहरूको साथबाट चार थान मोबाइल पनि बरामद भएको छ। पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको र थप अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूको नाम भने प्रहरीले खुलाएको छैन् ।
जुवातास खेलाइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले मिरमिरे टोलको घरमा छापा हानेको थियो।














