नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु
थानकोट ।
नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो । यो सँगै देशभर कूल डेंगु रोगीको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो ।
यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।














