पोलियोविरुद्धको खोप तालिका परिवर्तन
थानकोट ।
सरकारले पोलियोविरुद्धको खोप एफ. आई. पी. भी लगाउने तालिका परिवर्तन गरेको छ ।
यसअघि १ वर्ष भित्रका बालबालिकाहरुलाई ६ र १४ हप्तामा गरी दुई मात्रा लगाउने गरिएकोमा सो खोप तालिका परिवर्तन गरिएको हो ।
परिवर्तित तालिका अनुसार अब १ वर्षभित्रका बालबालिकाका लागि १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै, खोप लगाउन छुटेको खण्डमा ५ वर्ष भित्रका सम्पूर्ण बालबालिकाहरुका लगि ८ हप्ताको अन्तरालमा २ मात्रा खोप लगाइँदै आएकोमा अब ४ महिनाको फरकमा २ मात्रा लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।














