थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या ४ सय ९९
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका हुन् ।
१ हजार ४ सय २५ वटा नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोमबार २३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ४ सय ९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।














