थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि
थानकोट ।
नेपालमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टीजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप २० जना सङ्क्रमण मुक्त पनि बनेका छन् ।
यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४१ हजार २४४ ले कोरोना भाइरस विरूद्धको खोप लगाएका छन् ।














