‘चन्द्रागिरि नगरका सबै खानेपानी आयोजनाहरूको एकीकरण छिट्टै’- नगरप्रमुख गिरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समितिहरूको एकीकरण हुने भएको छ ।

बुधबार चन्द्रागिरि नगरपालिकामा आयोजित चन्द्रागिरि नगरपालिका खानेपानी तथा सरसफाई आयोजनाको परिचयात्मक कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले सो बताउनु भएको हो ।

नगर क्षेत्रमा विद्यमान खानेपानी उपभोक्ता समितिहरू एकीकृत रूपमा सञ्चालनका लागि नगर खानेपानी बोर्ड गठनको लागि आवश्यक तयारी भइरहेको बताउनुहुँदै नगर प्रमुख गिरीले अघिल्लो कार्यकालमै गर्ने तयारी भएको खानेपानी समिति एकीकरण केही नीतिगत कारण कार्य सम्पन्न गर्न नसकिएकोमा अब भने नीतिगत सुधार गरेरै उपभोक्ता समितिहरू एकीकरण हुनेछन् ।

सो कार्यक्रममा नगर उपप्रमुख बसन्ती श्रेष्ठले नगरमा विद्यमान खानेपानी उपभोक्ता समितिहरूको एकीकरणका लागि नगरबासीहरूबाट अनुरोध भइरहेको धारणा राख्नुभयो ।

चन्द्रागिरि नगरपालिकाका १५ वटा वडाहरूमा करीब ३ दर्जन खानेपानी उपभोक्ता समितिहरू अस्तित्वमा छन् ।

चन्द्रागिरिमा १ अर्ब लागतको खानेपानी योजना स्वीकृत, दक्षिण एसियाकै नमुना एकीकृत खानेपानी आयोजना बन्ने


Leave a Reply

Your email address will not be published. Required fields are marked *