सञ्चारमन्त्री कार्की विजयी सुनसरी-४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी
थानकोट ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली काँग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन ।
उनले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार जगदीशप्रसाद कुसियैतलाई ११२ मतान्तरले पराजित गरे ।
कार्की लगातार दोस्रोपटक विजयी भएका हुन् ।
बिहीबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार कार्कीले ३० हजार ४८३ मत ल्याए । कुसियैतले ३० हजार ३७१ मत पाए ।
०७४ सालको निर्वाचनमा कार्कीले एमालेका रमेश श्रेष्ठलाई भारी मतान्तरले हराएका थिए ।














