६ महिनामा ५४ हजारमा डेंगी संक्रमण, ६७ जनाको मृत्यु

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो ६ महिनामा ५४ हजारभन्दा बढी मानिसमा डेंगी संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकानुसार जुलाई यता आज आइतबारसम्म ५४ हजार ६७ जना संक्रमित पहिचान भएका छन् ।

यो वर्ष जनवरीदेखि नै फाट्टफुट्ट ‘केस’ देखिए पनि जुलाईयता भने संक्रमणले उच्च रूप लिएको थियो ।

६ महिनामध्ये सबैभन्दा धेरै सेप्टेम्बरमा २७ हजार ५२९ जनामा डेंगी पहिचान भएको थियो । अक्टोबरमा १७ हजार ८८९, नोभेम्बरमा चार हजार ४२ र डिसेम्बर ११ सम्म १७९ जनामा डेंगी पुष्टि भएको छ ।

यो सँगै यो वर्ष डेंगी संक्रमितको संख्या ५४ हजार २३२ पुगेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यो ६ महिनामा डेंगी संक्रमणका कारण ६७ जनाको मृत्यु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *