नेपालमा थप २ जना कोभिड-१९ संक्रमित थपिए
थानकोट ।
नेपालमा थप २ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९०५ पुगेको छ ।
नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ३० रहेको छ ।














