देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमित १४ जना

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरसको कंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा देशभर ७ सय २९ जनाको नमुना परीक्षण गर्दा जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप २ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, ३६ हजार ७०६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *