वीर अस्पतालका १२ जना डाक्टर सम्पर्क विहिन भएपछि गोरखापत्रमा सूचना

Thankot Times

थानकोट ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा १२ स्वास्थ्यकर्मी लामो समयदेखि बिनाजानकारी हाजिर नभएपछि खोजी सुरु गरिएको छ । अस्पतालले आइतबार १२ जनाको नामसहित सूचना जारी गर्दै ३० दिनभित्र हाजिर हुन आउन भनेको छ ।

बिनाजानकारी अस्पतालमा हाजिर नहुनेमा एक चिकित्सक, नौ स्टाफ नर्स र दुईजना अनमी छन् । अस्पतालका रजिष्ट्रार÷ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरू (पाँचौँ तह) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल बिना जानकारी अस्पतालमा हाजिर भएका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *