नगरपालिकाद्वारा सुर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक

Thankot Times

थानकोट ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सुर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सिद्धार्थनगरको नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सुर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गुट्खा प्रकृतिका सुर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

नगरपालिका कार्यालयले गुट्खा प्रकृतिका सुर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘सो अवधि  पश्चात पनि गुट्खा प्रकृतिका सुर्तिजन्य पदार्थको बिक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवानाले लिइनेछ ।’

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *