एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। 

मंगलबार उनलाई महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको हो। उनी अस्पतालमा भर्ना भएको नेपालको सचिवालयले पुष्टि गरेको छ।  

सचिवालयका अनुसार रूघा-खोकी र छातीमा संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो। 

टिचिङ अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको चिकित्सक टोलीले उनको उपचार गरिरहेको छ। 

संक्रमण फैलिन सक्ने जोखिम भएकाले चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको सचिवालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *