नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Thankot Times

थानकोट । माैसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ को पहाडी भू–भागमा हल्का वर्षा तथा गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेकाे जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेकाले सोमबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरो लाग्नाले चिसो बढेको छ। हिमाली भेग, उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईमा बाक्लो कुहिरो हुस्सु लाग्ने कारण एक सातासम्म चिसो बढ्ने विभागले जनाएको छ।

क्रमिक रूपले चिसो बढेकाले यसबाट बच्ने उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ