यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको  जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको  छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली  रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना  छ।

हिमाली भू-भागमा हल्का हिमपात र तराईका भू-भागमा  हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ