कीर्तिपुर अस्पतालबाट हामफाले २२ वर्षीय सुनिल

Thankot Times

थानकोट । 

कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक जना युवक घाइते भएका छन्।

सोमबार राति साढे १० बजे एक युवक हाम्फालेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए।

बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया घाइते भएका हुन्।

रोकायाको मुटुको धड्कन एक्कासीबढेपछि उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको  थियो।

त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

उनी अस्पतालबाट किन हामफालेका हुन् भन्ने कारण खुलेको छैन्।

उनको अवस्था मध्यम छ। बोल्न सक्ने छन्। टाउको, दाहिने हात र शरीरका अन्य भागमा चोट लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *