गुर्जुधारामा रहेको ट्रायल सेन्टर छड्केको तयारीमा यातायात मन्त्री श्रेष्ठ

Thankot Times

थानकोट ।

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ यातायात कार्यालय एकान्तकुना पुगेका छन् । मंगलबार बिहानै छड्के जाँच गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ एकान्तकुना पुगेका हुन् ।

सेवाग्राहीले गुनासो गरेपछि यातायात कार्यालयमा पुगेर स्थलगत रूपमा अनुगमन गरेको स्वकीय सचिव विजय गौतमले बताए ।

सो क्रममा मन्त्री श्रेष्ठले लाइसेन्स विभाग, सवारी अनुगमन, सवारी जाँचपास र ट्रायल हुने विभागमा अनुगमन गरेका थिए । अब ठुलो भर्याङस्थित यातायात कार्यालयको अनुगमन गरेपछि उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गुर्जुधारामा रहेको ट्रायल सेन्टरमा समेत अनुगमनका आउने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ