कलंकीमा ४३ वटा सवारी साधन जाँच गर्दा १४ वटा फेल

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले अत्याधिक वायु प्रदूषण गर्ने १४ वटा सवारी सधानलाई कारबाही गरेको छ ।

मंगलबार काठमाडौंको कलंकीमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङमा अत्याधिक धुँवा फाल्‍ने सवारी सधानमाथि कारबाही गरिएको हो । ती सवारी साधनको कागजपत्र पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बबरमहलस्थित वातावरण विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको तालिम प्राप्त दक्ष प्राविधिकसहितको टोलीले कलंकीमा ४३ वटा सवारी सधानलाई चेक गर्दा १४ वटा अत्याधिक कालो धुँवा फाल्‍ने सवारी साधन भेटिएको थियो ।

सवारी साधन मर्मत पश्‍चात तोकिएको जरिवाना तिरे मात्रै नियन्त्रणमा लिइएका कागजपत्र फिर्ता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले बताए ।

साथै अत्याधिक धुँवा फाल्न‍े सवारी साधन चलाउँदा वायु प्रदूषण हुनुका साथै दुर्घटनाको जोखिम भएकाले सवारी साधनको अवस्था चेकजाँच गर दुरुस्त अवस्थामा मात्र चलाउन ट्राफिक प्रहरीले अपील गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ