तीन प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु लागेको छ।

आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार भने  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली भू-भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू-भागहरुमा  बाक्लो हुस्सु लाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ