यस्तो छ आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लागिरहेको छ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली  रहनेछ । प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

हिमाली भू-भागमा हल्का हिमपात र तराईका धेरै भू-भागहरूमा  बाक्लो हुस्सु लाग्दा दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन  महाशाखाले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ