मेयर बालेन इन्डोनेसिया भ्रमणमा

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर भ्रमणका लागि इन्डोनेसिया गएका छन्।

मंगलबार उनी श्रीमतीसँग भ्रमणका लागि इन्डोनेसिया गएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।

‘हिजो बेलुका उहाँ आफ्नो श्रीमतीसँग व्यक्तिगत भ्रमणका लागि इन्डोनेसिया जानुभएको हो,’ उनले भने, ‘उहाँ पुस २५ गते फर्कनु हुनेछ।’

उक्त भ्रमण पारिवारिक भएको समेत उनले बताए।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेनको यो पहिलो वैदेशिक भ्रमण हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ