यस्तो छ आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रही तराईका धेरै भू-भागहरूमा हुस्सु लागिरहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो  लाग्ने सम्भावना रहेको छ। यो क्रम रातीसम्म चल्ने महाशाखाले जनाएको छ ।

तराईका धेरै भू-भागहरूमा  बाक्लो  हुस्सु लाग्ने  भएकोले दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *