मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ)

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन् । आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेको बताइएको छ ।

उनले लिखित निवेदन भने दिएका छैनन् । जिल्ला सुरक्षा समिति तथा केन्द्रीय सुरक्षा समितिले सुरक्षा जोखिम रहेको निष्कर्षका आधारमा पिएसओ खटाउने गरेको छ ।

खासगरी सुकुम्बासी बस्तीमा बल प्रयोग गरी हटाउने प्रयास गरेपछि आफूमाथि जोखिम बढेको उनको भनाइ छ । अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि धम्की बढेका छन् । मेयर साहमाथि साँच्चिकै जोखिम बढेकाले उनले पिएसओ पाउने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् नयाँ पत्रिकामा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *