कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीसहित ५ जनाको उम्मेदवारी

Thankot Times

थानकोट ।

चलचित्र कलाकार संघको नेतृत्व लिन पाँच जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का, सविन श्रेष्ठ, रेजिना उप्रेती, सुशान्तकुमार श्रेष्ठ र मोहन निरौला गरी ५ जना आकांक्षी देखिएका छन् । रविन्द्र खड्का पुनः अध्यक्षको लाइनमा छन् भने अध्यक्षको आकांक्षीहरु अरु पनि बढ्ने देखिन्छ ।

४ चैत्रको महाधिवेशन भब्य बनाउन कलाकार संघले तयारी थालिसकेको छ । जसका लागि संघले वर्तमान कार्यसमितीका सदस्यहरुलाई जिम्मेवारी समेत बाँडफाँट गरेको छ । महाधिवेशनका लागि साधारण सदस्यको सदस्यता नविकरण सुरु भएको छ । सदस्यता नविकरणमा पैसाको चलखेल नहोस् भनेर पहिले जस्तो एक ब्यक्तिले धेरैको सदस्यता नविकरण गर्न नमिल्ने र सदस्य आफै आएर नविकरण गर्ने ब्यवस्था गरिएको छ । सदस्यता नविकरणको म्याद ४ फागुनसम्म रहेको छ ।

महाधिवेशनका लागि स्काई दरबार पार्टी प्यालेस बुकिङ भएको छ । मञ्च ब्यवस्थापनमा लागि संघका सानु ताम्राकारलाई जिम्मेवारी दिइएको छ । निर्वाचन कमिटी बनाउन भने बाँकी रहेको संघका अध्यक्ष खड्काले बताए ।

संघ नेपाली कलाकारको साझा संस्थाका रूपमा रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *