लोसपामा पनि सरकारमा सहभागी हुने
थानकोट ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि संघीय सरकारमा सहभागी हुने भएको छ ।
यस विषयमा प्रधामन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी समेत गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपाले सरकारमा सहभागी हुनका लागि दुई वटा मन्त्रालय माग गरेको छ ।
तर लोसपालाई एउटा मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी छ । लोसपा मधेस प्रदेश सरकारमा पनि सहभागी हुने बताइएको छ ।














