पशुपतिको जङ्गलमा जलेको अवस्थामा शव फेला
थानकोट ।
काठमाडौँको पशुपतिनाथको जङ्गलमा जलेको अवस्थामा शव भेटिएको छ ।
किरातेश्वर मन्दिर भन्दा तल शरीर पुरै जलेको अवस्थामा पुरुषको शव भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
शव नजिकै बोतलमा पेट्रोल पनि भेटिएको छ ।
पेट्रोल छर्केर आगाले लगाएको आशङ्का गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।














