पाेखरामा यति एअरलायन्सकाे विमान दुर्घटना, ठूलाे मानवीय क्षति

Thankot Times

थानकोट ।

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना रहेका छन्।

विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।

विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले उज्यालोलाई जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *