कीर्तिपुर नगरमा भूकम्प सुरक्षा दिवसको र्याली स्थगित

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकामा २५औं राष्ट्रिय भूकम्प दिवसका अवसरमा तय भएको र्याली स्थगित गरिएको छ ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जानकारी अनुसार भोलि माघ २ गतेका लागि २५ औं राष्ट्रिय भूकम्प दिवसका अवसरमा र्याली आयोजनाको तयारी गरिएको थियो ।

आइतबार पोखरामा यति एअरको विमान दुर्घटना हुँदा पुगेको क्षतिको शोकमा नेपाल सरकारले शोक बिदा दिएको कारण भूकम्प सुरक्षा दिवसको सन्दर्भको कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

नेपालमा वि.सं. १९९० साल माघ २ गते गएको भूकम्पको स्मृतिमा भूकम्प सुरक्षा दिवस मनाँइदै आइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *