नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित

Thankot Times

थानकोट ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न संघको २९ औं साधारण सभा निर्वाचनबाट अरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालक भण्डारी निर्वाचित भएका हुन् । उनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पराजित गरेका छन् ।

नेकपा एमाले निकटको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष भण्डारीले १ सय ९९ मत पाए । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्षका उम्मेदवार कुमुद खनालले १ सय ५७ मत पाए ।

एशोसिएसनबाटै विद्रोह गरेर अध्यक्षमा उम्मेदवार दिएका भुवनसिंह गुरूङले १ सय ३१ मत पाए । नेकपा माओवादी निकटको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेकपा एकीकृत समाजवादी निकटको एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार डा। ईश्वर जिसीले १ सय १८ मत पाए ।

Tubrog gorkha

  • लुम्बिनीको व्यवस्थित राजधानीका लागि पहल, पूर्वाधार व्यवस्थापनमा जुट्यो सरकार

  • सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित, महासचिवमा भुर्तेल

  • २४ वटा शव पहिचानमा समस्या, डीएनए परीक्षण गरिए रिपोर्ट आउन तीन महिना लाग्ने

  • अर्जेन्टिनामा शक्तिशाली भूकम्प

  • मैले लेख्न नसकेको कविता

  • कहाँ अड्कियो प्रचण्ड–बाबुरामको एकता प्रक्रिया ?

  • जमिनको कित्ताकाट नहुँदा राजस्वमा असर

२४ घन्टाका ताजा अपडेट

Kalapathar

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित, महासचिवमा भुर्तेल

khukuri
शनिबार, ०७ माघ २०७९, ०९ : ५९
25Shares
facebook sharing button
twitter sharing button
whatsapp sharing button
sharethis sharing button
Shivam Cement

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न संघको २९ औं साधारण सभा निर्वाचनबाट अरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालक भण्डारी निर्वाचित भएका हुन् । उनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पराजित गरेका छन् ।

नेकपा एमाले निकटको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष भण्डारीले १ सय ९९ मत पाए । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्षका उम्मेदवार कुमुद खनालले १ सय ५७ मत पाए ।

एशोसिएसनबाटै विद्रोह गरेर अध्यक्षमा उम्मेदवार दिएका भुवनसिंह गुरूङले १ सय ३१ मत पाए । नेकपा माओवादी निकटको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेकपा एकीकृत समाजवादी निकटको एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार डा। ईश्वर जिसीले १ सय १८ मत पाए ।

Tata
NMB
Rhoto

त्यस्तै संघको प्रथम उपाध्यक्षमा मञ्चका डिक बहादुर खत्री कुमार निर्वाचित भएका छन् । उनले २ सय ५३ मत पाएका छन् । उनका प्रतिस्पर्धी एशोसिएसनका किशोर केसीले १ सय ९६, धनलाल जैसीले १४२ र सुरज कुमार घुण्डेले १५ मत पाए ।

Laxmi bank

द्वितीय उपाध्यक्षमा पनि मञ्चकै उम्मेदवार सञ्जु गुरूङ २ सय ६३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी भुवनसिंह गुरूङ प्यानलका महमद जवाहरदिन मियाँले १ सय २२, लोकतान्त्रिक एशोसिएसन प्यानलका अख्तर हुसेनले १ सय २ र गणतान्त्रिक समाजवादी प्यानलका बाबुराम खड्काले ९६ मत पाए ।

तृतीय उपाध्यक्ष मञ्चका उम्मेदवार रोशन कटुवाल १ सय ९२ मत ल्याई विजयी भएका छन् । महासचिवमा लोकतान्त्रिक प्यानलका मेघनाथ भुर्तेल २ सय ६३ मतसहित विजयी भएका छन् । निलकमल ह्यूमेन रिसोर्स प्रा।लि।का संचालक भुर्तेल यसअघि संघको सचिव थिए ।

सचिवमा लोकतान्त्रिक प्यानलका कर्णराज कटुवाल २ सय ४१ मत ल्याई निर्वाचित भएका छन् । कोषाध्यक्षमा मञ्चकी सरिता घले २ सय २८ मत ल्याई निर्वाचित भएकी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेत २९१, विक्रम श्रेष्ठ २४६, देवमाया थापा २४५, बैकुण्ठ प्रसाद पौडेल २३२, कैलाश पाठक २३०, देउमान नेम्वाङ २२४, आनन्द कोइराला २१८, नारायण भुसाल २१७, तोरणबहादुर कार्की २१२ र चन्द्र बहादुर लिम्बू २१० मत ल्याएर निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *