काठमाडौंको तापक्रम ३.६ डिग्री सेल्सियस
थानकोट ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंमा बिहान पौने ६ बजेको तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ ।
दिउँसो तापक्रम १९ देखि २१ डिग्री सेल्सियस पुग्ने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा आज दिनभर मौसम सफा रहनेछ ।
विभागले आज राति वाग्मती प्रदेश, मधेस प्रदेश, प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।














