अभिनेता राजेश हमाललाई केपी ओलीले दिए महानायकको सम्मान
थानकोट ।
अभिनेता राजेश हमाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानायकको सम्मान प्रदान गरेका छन् ।
भक्तपुरमा शनिबार आयोजित चौथो एपिक म्युजिक अवार्ड कार्यक्रममा ओलीले अभिनेता हमाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।
समारोहमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि सम्मान गरिएको थियो ।


तस्बिरः रत्न श्रेष्ठ, रासस














