कलंकीमा एकाबिहानै सडक दुर्घटना, एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

कलंकीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मंगलबार बिहान पौने सात बजे अन्डर पास नजिकै बा प्र०२-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि पनि घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पनि सामान्य घाइते भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *