बाजुरामा भूकम्पः एक जनाको मृत्यु, २५ भन्दा बढी घर भत्किए

Thankot Times

थानकोट ।

मंगलबार दिउँसो गएको भूकम्पमा परेर बाजुरामा एक महिलाको ज्यान गएको प्रारम्भिक खवर छ । गौमुल गाउँपालिका वडा नम्बर २ स्थित स्थानीय जंगलमा घाँस काट्न गएकी महिलाको भूकम्प जाँदा माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाले भूकम्प जाँदा खसेको ढुंगा लागेर स्थानीय जमुना रोकायाको मृत्यु भएको स्थानीयले आफूलाई जानकारी दिएको बताए । 
प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पुग्न लागेको भन्दै उनले विस्तृत विवरण भने आउन बाँकी रहेको  बताए । डीएसपी थापाले मंगलबार साँझ साढे ५ बजेसम्म २५ वटा भन्दा बढी घरहरु भत्किएको सूचना आएको बताए ।

मंगलबार दिउँसो मैला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *