बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा सिन्धुपाल्चोकका ज्ञानेन्द्र नेपाल नियुक्त

Thankot Times

थानकोट ।

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका-१४ का नेपाललाई आज नियुक्त गरेका हुन् ।

यसअघिका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले एक महिना अघि राजीनामा दिएका थिए ।

बागमती प्रदेश सरकारको कानूनी सल्लाहकारको रुपमा प्रदेश मुख्य न्यायधिवक्ता पदमा कानुन व्यवसायी नियुक्त हुने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *