राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जना नियुक्त

Thankot Times

थानकोट । 

मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा ३ जनालाई नियुक्त गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अन्जन शाक्य र कुशेन्द्र शाही महतलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

ज्ञवालीले यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका थिए।

शाक्य पूर्वराजदूत हुन् भने महतले कर्णाली प्रदेश सरकारले बनाएको विज्ञ समूहमा रहेर काम गरेका थिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *