कस्ताे रहनेछ आजकाे माैसम ?

Thankot Times

थानकोट ।

देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका  केही भू–भागहरूमा हल्का हुस्सु लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

आज राति प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

तराईमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको विभागको भनाइ छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *