देशभर ६ जना कोरोनाका सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा शून्य संक्रमित
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर कोरोनाका संक्रमित नथपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार एक हजार २११ वटा नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो । यो अवधिमा दुईजना कोरोना संक्रमणमुक्त भएका छन् ।
देशभर अहिले ६ जना सक्रिय संक्रमित छन् ।














