नर्भिक अस्पतालले मधुमेहका बिरामीको निःशुल्क जाँच गर्ने
थानकोट ।
नर्भिक इन्टरनेसनल अस्पतालले मधुमेहका बिरामीको निःशुल्क जाँच गर्ने भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते नर्भिक अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरेर निःशुल्क जाँच गर्न लागेको हो ।
मधुमेहका बिरामीको जाँच फागुन ७ गते दिउँसो १ बजेदेखि नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सुरु हुनेछ ।
नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवासमेत उपलब्ध गराउने छिन् । नर्भिक अस्पतालले बेला-बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।
अस्पतालले लामो समयदेखि प्रत्येक शनिबार युरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपीडी सेवासमेत सञ्चालन गर्दै आएको छ ।














