डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घन्टे अन्टिमेटम

Thankot Times

थानकोट ।

नेपाल चिकित्सक संघले डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घन्टे अन्टिमेटम दिएको छ । नभए भोलि आकस्मिक बैठक बसेर आन्दोलन घोषणा गर्ने उसको चेतावनी छ ।

राष्ट्रपतिको सवारीको समयमा हिंडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथि शुक्रबार साँझ लाठी चार्ज गरेको थियो । शल्यक्रिया सकेर घर जान लागेका डा. सिंहलाई परिचय पत्र देखाउँदा पनि सुरक्षाकर्मीले अस्पताल परिसरमै कुटपिट गरेको संघको दाबी छ ।

दोषी सुरक्षाकर्मीलाई स्वास्थ्यकमर्मी तथा स्वास्थ्य संथाको सुरक्षासम्बन्धी एने अनुसार कडा कारबाही गर्नुपर्ने उसको माग छ ।

‘आजको २४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नगरिएको अवस्थामा देशभरका चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका निम्ति नेपाल चिकित्सक संघले आज कार्यकारिणी समितिको आकस्मिक बैठक आयोजना गरी आन्दोलनका कार्यक्रम घोषणा गर्नसक्ने जानकारी गराइन्छ, संघका महासचिव बद्री रिजालले भनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *