टर्कीए भूकम्प पिडितका लागि आर्टिस्ट फर पाण्डमिकको सहयोग

Thankot Times

थानकोट ।

परोपकारको क्षेत्रमा सक्रिय संस्था आर्टिस्ट फर पाण्डमिकले पश्चिम एसियाली मुलुक टर्कीएमा यसै महिनाको सुरूमा गएका शक्तिशाली भूकम्पबाट पिडित भएका नागरिकहरूका लागि राहत सामाग्री सहयोग गरेको छ ।
उक्त राहत सामाग्रीमा टर्कीएको वातावरणमा सहज हुने अत्यावश्यक सामानहरु पठाइएको अल नेपाल डिजे एसोसिएसनका सदस्य डिजे रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालमा २०७२ सालमा गएको भूकम्पमा टर्कीए सरकारबाट भएको सहयोगको गुन तिर्नका लागि सानै भएपनि सहयोग गरिएको अल नेपाल डिजे एसोसिएसनका सदस्य डिजे आशिफले बताउनु भयो।
सो संस्थाले कोरोना महामारीका बखत नेपालमा सक्रियता साथ कार्य गरेको बताइएको छ । फण्ड टर्कीएमार्फत उक्त राहत सामग्री टर्कीए पठाइएको संस्थाले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ