केन्द्रबाट निर्देशन नआएसम्म बागमती प्रदेशमा नेकपा एमालेले सरकार नछोड्ने

Thankot Times

थानकोट ।

बागमती प्रदेशमा नेकपा एमालेले तत्काल सरकार नछोड्ने भएको छ ।

नेकपा एमालेले केन्द्रबाट सरकार छोड्नका लागि निर्देशन नआएसम्म प्रदेश सरकारबाट एमाले नबाहिरिने भएको हो । नेकपा एमालेका मन्त्रीहरुले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छोडेपनि प्रदेशमा भने तत्काल सरकार छोडीहाल्ने अवस्था नरहेको बागमती प्रदेशका मन्त्रीहरु वताउँछन् ।

प्रदेश सरकार छोड्दा सबैतिर एकैपटक छोड्ने र एमालेले नेतृत्व गरेका प्रदेश सरकारबाट पनि तत्काल माओवादीले समर्थन फिर्ता नलिएको र मन्त्रीहरुले नछोडेको अवस्था रहेको छ । अहिले तत्कालका लागि प्रदेश सरकार नछोड्ने र पार्टीको केन्द्रबाट निर्देशन आएपछी सरकार छोड्ने तयारीमा रहकेो प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री तथा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो ।

केन्द्रीय तहमा राष्ट्रपति निर्वाचन अघिसम्म सरकार नछोड्ने एमालेको निर्णय भएपनि सोमबार नै सरकार छाडेको छ । तर प्रदेश सरकारमा भने एमालेको सरकारमा सहभागिता कायमै रहेको छ । बागमती प्रदेश सरकारमा एमालेका ४ मन्त्री रहेका छन् । केन्द्रीय निर्देशन प्राप्त भएको खण्डमा एमालेका मन्त्री तत्काल सरकार छोड्ने तयारीमा छन् ।

बागमती प्रदेश सरकारमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् भने एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका छन् ।

बागमती प्रदेशमा एमालेका २७ सदस्य रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *