चुनाव चिन्ह घण्टीको घेरा हट्यो

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टीले हालको चुनाव चिन्ह परिवर्तन गरेको छ ।

यसअघि गोलाकार भित्रको घण्टी परिवर्तन गरेर ‘घण्टी’ मात्र राखेको हो । 

मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भनेर गोला भित्रको घण्टीलाई परिवर्तन गरेर घण्टीमात्र राखिएको सो पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगमा अर्कै पार्टीको नाममा सो चिन्ह रहेकोमा सो दल खारेज भएकोले निर्वाचन आयोगले घण्टी चिन्हलाई मान्यता दिएको उनले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ