सांसद् प्रदीप पौडेल र मेयर बालेनले गरे यी ७ बुँदे प्रतिबद्धता

Thankot Times

थानकोट । 

नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) सँग भेट गरेका छन् ।

भेटमा महानगर र क्षेत्र नं ५ को विकासका लागि संघ र स्थानीय सरकारबीच आपसी समन्वय, सहयोग र सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको नेता पौडेलले जानकारी दिए ।

भेटमा उनीहरूले सातवटा विषयहरूमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्:

१, कलंकीदेखि धोबी खोलासम्म रिङ रोड विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने ।
२, सामाखुसी कोरिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढंगले निर्माणकार्य अघि बढाउने ।
३, मेलम्ची खानेपानी विस्तारलाई महानगरभित्रका सबै घरहरूमा पुर्‍याउन छिटो सञ्जाल विस्तार गर्न आवश्यक सहयोग तथा सहकार्य गर्ने ।
४, हाँडी गाउँलाई सांस्कृतिक शहरका रूपमा विकास गर्ने, यस क्षेत्रमा रहेको कला संस्कृतिको रक्षा गर्दै निर्माण हुने विकास कार्यमा अनिवार्य रूपमा मौलिक पहिचान झल्किने गरेर मात्रै भौतिक विकास गर्ने ।
५, धुम्बाराही क्षेत्रमा वर्षाको समयमा बाढी र पानी जमेर बर्सेनि हुने समस्यालाई समाधान गर्न तत्कालै उचित निकास खोज्ने ।
६, टुकुचा खोलाको पानी ओभर फ्लो भएर तथा ढलको समस्या रहेका लाजिम्पाटलगायतका क्षेत्रमा ढल निकासीका लागि उचित व्यवस्थापन गर्ने ।
७, सार्वजनिक रूपमा रहेका जमिन अतिक्रमणलाई फिर्ता ल्याउन र सुरक्षाका लागि सामूहिक पहल गर्ने । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ